Thu. Apr 25th, 2024

यसबर्ष नै प्रदर्शनमा आउने तयारी भइरहेको अभिनेत्री पुजना स्त्रीको लगानीमा निर्माण भएको चलचित्र चकलेटको हाल डबिङ कार्य भइरहेको छ । केहि दिन भित्रमा नै चलचित्र चकलेटको डबिङ कार्य पनि सकिने चलचित्रकी नायिका एवं निर्मात्री पुजना स्त्रीले बताएकी छिन् । काठमाडौंको दरबार मार्ग क्षेत्रमा रहने बाल बालिकाहरुको जीवन कथा उठान गरेको चलचित्र पुर्ण रुपले सामाजिक कथामा तयार भएको पुजनाले बताएकी छिन् ।

chocolet2

चलचत्रिलाई खुसी गुरुङ, प्रतिमाया गुरुङ र केशब तामाङले पुजना फिल्म्स्को ब्यानरमा निर्माण भएको हो । जसमा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराई,सुमन गौरे लगायतका कलाकारहरुको मुख्य भुमिका चलचित्रमा रहेको छ । निर्मल शर्माले निर्देशन गरेको चलचित्र चकलेटमा पुजनाको मुख्य अभिनय रहेको छ ।

%d bloggers like this: