Sat. Apr 20th, 2024

बलिउड अभिनेता सैफ अली खान र कट्रिना कैफको चर्चित एक्शन थ्रिलर फिल्म ‘फैंटम’ २८ अगष्टमा रिलिज हुने भएको छ । ‘फैंटम’ फिल्मलाई ‘एक था टाइगर’का निर्देशक कबीर खानले निर्देशन गरिरहेका छन् । यस भन्दा पहिले उक्त फिल्म २०१४ मा नै रिलिज हुने बताइएपनि केहि प्राविधिक कारणले गर्दा चलचित्रको छायांकन लम्भिएपनि अब फिल्म ‘फैंटम’ २८ अगष्टमा रिलिज हुन लागेको छ ।

phantom_sm-650_011315060216

फिल्मलाई साजिद नाडियावालाले लगानी गरेका छन् । ‘फैंटम’मा सैफ अली खान एक जासूसको भुमिकामा देखिन लागेका छन् भने कट्रिना एक टेलिभिजन पत्रकारको भुमिकामा देखिन लागेकी छिन् । बेरूत, टर्की, कनाडा, मुंबई, कश्मीर,पंजाब लगायतका स्थानमा छायांकन गरिएको चलचित्र ‘फैंटम’ले भारतमा भएको २६-११ को हमलाका विषयमा पनि बोल्ने निर्देशक कबीर खानले बताएका छन् ।

%d bloggers like this: