Thu. Apr 25th, 2024

shishir

चलचित्रमा अभिनय गर्न देखी टिभि कार्यक्रम सञ्चालनमा समेत आफुलाई स्थापित गर्दै आएका सञ्चारकर्मी शिशिर भण्डारीले आफ्नै आवाजमा र निर्देशनमा ‘छाडी गयौ निष्ठुरी’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् । गीतमा टंक बुढाथोकीको संगीत,अप्सरा गौतमको शब्द रहेको छ भने शिशिर आफैंले उक्त गीतमा आवाज दिएका हुन् । पहिलो पटक भिडियो निर्देशन गरेका शिशिरले अब म्युजिक भिडियो निर्देशन कार्यलाई पनि अगाडी बढाउदैं जाने बताउँछन् । सार्वजनिक भिडियोमा बिकास चापागार्इं, कृष्ण हुमागाई, अप्सरा गौतम र शिरस सिवाकोटीको अभिनय रहेको छ । शिशिर भण्डारीकै सम्पादन रहेको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=-hOnPzX4ScU

%d bloggers like this: