Thu. Apr 25th, 2024

हाल सम्पादनको क्रममा रहेको चलचित्र गोरेको मेरो जवानीलाई तिमी सेकेन्ड ह्यान्ड नसम्झिदेऊ बोलको गीतको छायांकन हाल मात्रै सम्पनन भएको छ । अभिनेत्री खुश्बु खड्काले चलचित्र गोरेको उक्त गीतमा पहिलोपटक आइटम डान्स गरेकी छन्। गीतमा शंकर अधिकारीको शब्द र विकास चौधरीको संगीत रहेको छ । पहिलो पटक आइटम डान्समा देखिएकी खुश्बु भन्छिन् -‘गीत निकै मन परेका कारण आइटम डान्स गरेकी हुँ गीत मन नपरेको भए मलाई आइटम डान्स गर्न मन लाग्दैंन ।’ जीएस मुभी मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्र गोरेमा दिलीप रायमाझी, अनु शाह, राकेश कुमार, रवीन्द्र आचार्य, शूरवीर पण्डित आदिले अभिनय गरेका छन्। रामेशकुमार राईको निर्देशन रहेको चलचित्रमा आफ्नो प्रेमिकाको खोजीमा सहर पुगेका गाउँले केटा सहरसँगै बदलिएपछि गर्नु परेको संघर्षको कथा समेटिएको छ।

%d bloggers like this: