Fri. Apr 19th, 2024

katrina-ranbir-deepkia-movie-masala-s_650_011315092446

कट्रिना र रणवीरवीच इंगेजमेन्ट भएको एक साता नबित्दै बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले रणबीर सँग बिबाह नर्गन कट्रिनालाई सल्लाह दिएकी छिन् । एक अवार्ड कार्यक्रमका विच दीपिकाले कट्रिनालाई यस्तो भनेकी हुन् । रणबीर कपुरको एक्स गर्लफ्रेण्ड दीपिका पादुकोणले कट्रिनालाई यस्तो सल्लाह दिएपछि यहि बेला बलिउडमा तरंगनै मच्चिएको छ । अवार्ड कार्यक्रममा सबैभन्दा अगाडी पुगेकी दीपिकालाई कार्यक्रम सञ्चालकले सोधेका थिए तपाई एकजना कसलाई एउटा राम्रो सल्लाह दिन चाहानु हुन्छ ? त्यहि क्रममा दीपिकाले कट्रिनालाई रणबीरसँग विबाह नर्गन आग्रह गरेकी थिइन । यसभन्दा अघि पनि दीपिकाले रणबीरलाई विभिन्न बाहानामा टिप्पणी गरिरहेकी छिन् । दीपिकाले यो भन्नुको पछाडी के थियो त्यो अहिलेसम्म बाहिर आएको छैन तर प्राप्त खबर अनुसार दीपिकाले रणबीरको बानी राम्रोसँग बुझेका कारण कट्रिनालाई दीपिकाले यस्तो सल्लाह दिएको हुन सक्ने बताइएको छ । र यस विषयमा रणबीर र कट्रिनाले समेत केहि बोलेका छैनन् ।

%d bloggers like this: