Thu. Mar 28th, 2024

उमेरले ३० बर्ष मात्र नाघेका आर्यन यति बेला ५० बर्षको एक वृद्ध मानिसको भुमिकामा आफ्नो दिन विताइरहेका छन् । अथवा भनौं आर्यन यति बेला वृद्ध अबस्थाको जीवन विताइरहेका छन् । १६ दिन देखी वृद्ध मानिसको जिन्दगी विताइरहेका उनी अझ १६ दिन अझै यसरी नै वृद्ध अबस्थाको जिन्दगी विताउनु पर्ने आर्यन बताउँछन् ।

तर यो बास्तविक जीवनमा नभई एक चलचित्रको शिलशिलामा आर्यन ५० बर्षको वृद्ध मानिसको भुमिका देखिएका छन् । हाल लगभग आधा छायांकन सकिएको चलचित्र होमवर्कमा आर्यन ५० बर्षको बृद्ध मानिसको भुमिकामा देखिएका छन् ।

निरक पौडेलको निर्देशनमा तयार भइरहेको चलचित्र होमवर्कमा आर्यन तन्नरी चरित्रमा नम्रता श्रेष्ठसँगको जोडीको रूपमा देखिने छन् भने बुढेसकालमा गौरी मल्लको सहारा बनेका छन् ।

homework shooting (2)

दोहोरो चरित्रमा देखिने आर्यन बुढेसकालमा पढ्न जाँदाको अनुभव रमाईलो लागेको सुनाए । उनले भने -‘सानो छदाँ स्कुल पढ्न जादाँको याद आयो तर त्यति बेला बाल्यअबस्था थियो अहिले गेटअपले वृद्ध अबस्थामा स्कुल पढ्न गइयो’- आर्यनले हाँस्दैं भने ।

त्यस्तै चलचित्रको निर्देशनमा व्यस्त देखिएका निरकले चलचित्र हामवर्कले सन्देश सगैं शिक्षा पनि दिने बताए । चलचित्रको छायांकन सकिएको ४ महिनापछि प्रदर्शनमा ल्याइने भनिएको चलचित्र होमवर्कमा नम्रता श्रेष्ठ,गौरी मल्ल,आर्यन सिग्देल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, ताराप्रकाश लिम्बुको संगीत रहेको छ । फिल्मलाई गोपीकृष्ण मुभिजले निर्माण गर्दैछ ।

%d bloggers like this: