Sat. Apr 20th, 2024

करिब १० बर्षसम्म श्रीमान श्रीमती भएर सगैं यात्रा गरेका चर्चित निर्माता छबिराज ओझा र नायिका रेखा थापाको औपचारिक सम्बन्ध विक्षेद भएको करिब ३ बर्ष वित्न लाग्दा शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र तथास्तु हेर्न छबिराज ओझा हलसम्म पुगेका छन् । आइतबार काठमाडौंको दरबारमार्गमा रहेको क्यूज सिनेमामा चलचित्र यूनिटले आयोजना गरेको विषेश प्रेस शोमा छबिराज ओझा तथास्तु हेर्न पुगेका थिए । फिल्म सुरु हुनु भन्दा केहि बेर अगाडी मात्र सिनेमा हलमा देखिएका छविले रेखासँग बसेर फोटो खिच्नपनि भ्याएका थिए । छबि र रेखाको यो भेटलाई सबैले आश्चर्य मानेका छन् ।

timthumb

रेखा आफ्नो फिल्म हेर्न आफ्नी आमा, दिदी तथा केही आफन्तहरुको साथमा पुगेकी थिइन। जब छबि पनि तथास्तुको प्रेस शोमा देखिए तब छविले पनि रेखाकी आमालाई नमस्कार गरेका थिए । चलचित्र हेरेपछि छबिराजले तथास्तु राम्रो रहेको बताएका छन् । चलचित्रको विषेश प्रेस शोमा पत्रकार,कलाकार,चलचित्रकर्मी लगायतकाको भब्य उपस्थिति रहेको थियो । सबैले चलचित्रलाई निकै रुचाएका थिए । चलचित्रमा खलनायकको भुमिका निभाएका खुबास थापालाई चलचित्र हेर्न गएका सबैले तारिफ गरेका थिए । चलचित्रको कथाबस्तु नयाँ नभएपनि चलचित्रमा अभिनय गर्ने कलाकारहरुको भुमिका निकै तारिफ योग्य थियो । चलचित्रमा रेखाको एक्शन पाटो पनि निकै धमकेदार रहेको छ । सबिर श्रेष्ठको निर्माण एवं निर्देशन रहेको फिल्म ‘तथास्तु’ मा रेखासँगै सुवास थापा, किशोर खतिवडा, विज्ञान जोशी, शिरु बिष्ट, सुशिल पोखरेल र किरण थापा लगायतको अभिनय छ । फिल्म निर्माणमा निर्देशक श्रेष्ठले रामहरी धितालसँग सहकार्य गरेका छन् । 

%d bloggers like this: