Tue. Apr 16th, 2024

माघ २ गते देखी देशभर प्रदर्शनमा आउन लागेको चलचित्र इच्छा अब माघ १ गतेनै उपत्यका बाहिर प्रदर्शनमा आउने भएको छ । माघेसंक्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको चलचित्र इच्छा अब माघ १ गते उपत्यका बाहिर र माघ २ गते उपत्यका भित्र प्रदर्शन हुने भएको छ । साथैं चलचित्रले केन्द्रिय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट समेत प्राप्त गरेको छ । आइतबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र इच्छा हेरेपछि चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएका हुन् । अब चलचित्रलाई सबै बर्गका दर्शकले हेर्न पाउँनेछन् । फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाएर निर्माण गरिएको चलचित्र इच्छालाई यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान-श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन् । ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ । गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । चलचित्रमा दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

%d bloggers like this: