Sat. Apr 20th, 2024

पुष २५ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र अलबिदा यूनिटले काठमाण्डौमा आयोजना भएको प्रेस शोमा चर्चित नायक निखिल उप्रेतिले पनि साथ दिएका छन् । नायक आर्यन सिग्देल अभिनित चलचित्र अलबिदा हेर्न हलसम्म पुगेका निखिलले चलचित्र हेरेपछि अलबिदा राम्रो रहेको प्रतिक्रिया दिएका छन् । साथैं निखिलले चलचित्रका निर्माता तथा कलाकार हसन खानको द्धन्द्धलार्य पनि निखिलले निकै रुचाएका थिए । त्यस्तै अलबिदा हेर्न पुगेका निर्माता छबिराज ओझाले पनि चलचित्रलाई मनपराएका थिए । छबिराजले आर्यनको एक्शन निकै मनपरेको पत्रकारहरुलाई बताएका थिए ।

nikil

पत्रकार,कलाकार,चलचित्रकर्मी लगायतकाको राम्रो उपस्थिति रहेको अलबिदाको प्रेस शोमा सबैले चलचित्रलाई मनपराएका थिए । देशभर राम्रो व्यापार गरिरहेको चलचित्र अलबिदामा आर्यन सिग्देलको एक्शन पाटोलाई दर्शकले निकै रुचाएका छन् । चलचित्र ‘अलबिदा’मा आर्यन सिग्देल, हसन खान, अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका छ । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यो फिल्मको कथा निर्माता तथा अभिनेता हसन खानले नै लेखेका हुन् । चलचित्रमा अष्ट महर्जनको द्धन्दनिर्देशन, रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा तथा बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

%d bloggers like this: