Sat. Apr 27th, 2024

सति प्रथाको ऐतिहासिक कथामा आधारित मौलिक नेपाली चलचित्र ‘झोला’ हेर्न यति बेला साँखु स्थित सालिनदीमा दर्शकको भिड निकै बढेको छ । ‘स्वस्थानी मेला’को अवसर पारेर विशेष प्रदर्शन गरिएको चलचित्र झोला हेर्ने दर्शकको भीड उल्लेख्य देखिएको छ । गत पौष २१ बाट मेला सुरु भएसँगै प्रदर्शन सुरु गरिएको चलचित्रको सो मा सुरुवाती दिनमा दर्शक मध्यम रुपमा उपस्थित भए पनि पछिल्लो चार दिन यता हरेक ‘सो’ हाउसफुल बनेको निर्माता राज तिमिल्सिना बताउँछन् । दैनिक ५ सो को हिसावले अहिले चलचित्र प्रदर्शन भईरहँदा दर्शकको बढ्दो चाख र मागले दैनिक रुपमा ७ सो चलाउन पर्ने स्थिती आएको पनि उनले जानकारी दिए ।

unnamed

शनिवार चलचित्रका निर्देशक यादवकुमार भट्टराई, निर्माता द्वय तिमिल्सिना र शाह तथा अर्का निर्माता रामगोपाल थापा तथा केन्द्रिय अभिनयमा रहेका बाल कलाकार सुजल नेपालसँगै दर्शकले चलचित्र हेरेका थिए । निर्माण युनिटले माघ १ गते अर्की मुख्य कलाकार गरिमा पन्त, देशभक्त खनाल लगायतलाई दर्शक समक्ष उपस्थित गराउने कार्यक्रम राखेको छ । जहाँ एक पटकमा ५ सय जनाले चलचित्र हेर्न सक्ने व्यवस्था छ । मेला आयोजक माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिसँगको सहकार्यमा चलचित्र युनिटले एक महिनाको लागी दर्शकमाझ झोलाको सो आयोजना गरेको हो । मेला अवधीभर करिव ६० हजार दर्शकले चलचित्र हेर्ने अपेक्षा निर्माण युनिटको छ । मेलामा हरेक बर्ष करिव ३० लाख श्रद्धालुहरुको उपस्थिती रहने मेला आयोजक समितिले जनाएको छ ।

%d bloggers like this: