चर्चित हाँस्य जोडी अर्थात महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जातीयता र क्षेत्रीयताका मुद्दाहरूका कारण एकता खल्बलिने संविधान आए त्यो देशका लागि घातक हुनसक्ने चिन्ता व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मह जोडीले त्यस्तो संविधान आउनुभन्दा नआउनु नै वेश हुने बताए। उनीहरूले सहमतिबाट सम्भव नभए माघ ८ मै प्रकृयामा गएर भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिए। महजोडीले जातीयताको आधारमा देशलाई संघीयतामा लैजाँदा त्यसले अहिले भइरहेको आपसी सद्भावलाई खल्बलाउन सक्ने आशंका व्यक्त गरे। नेपाली दर्शकमाझ झन्डै तीन दशकदेखि हास्यविधामा सदाबहार बनिरहेको नेवार र बाहुनको यो जोडीले संविधानलगायत अन्य सामाजिक मुद्दालाई आफ्नो टेलिचलचित्रमार्फत पनि उठाउँदै आएका छन्। उनीहरुले यसअघिको संविधान जारी भएको भए पनि त्यसले कुनै प्रकारको हिंसा भड्काउन सक्ने आशंका व्यक्त गर्दै अब सहमतिबाट हुन नसके प्रकृयामा गएर भए पनि संविधान ल्याउनुपर्ने बताएका बिबिसीले जनाएको छ ।
Related Post
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021
आज कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस
Sep 7, 2021