Fri. Apr 26th, 2024

जापानी भाषामा निर्माण भएको (“ひまわりञ्沖縄は忘れない、あの日の空を”) अर्थात ‘हिमावारी’-‘ओकिनावले नविर्सिने त्यो दिनको आकाश’ नामक जापानी चलचित्र अब नेपाली भाषामा पनि आउने भएको छ । नेपाली भाषामा भने यस चलचित्रको नाम ‘सूर्यमूखी फुल’ राखिएको छ । नेपाल र जापानको कला र संस्कृतिलाइ देखाउनका लागी यो चलचित्र जापान तथा नेपालमा प्रदर्शन हुन लागेको हो । यस चलचित्र बिश्वयुद्धका बेलाको अमेरिका र जापानको युद्धको बेलाको कथा वरिपरि घुम्दछ ।

31

चलचित्रलाइ जापानी व्यक्ति योसिहिरो ओकाबाले निर्देशन गरेका हुन । चलचित्रको कथा सादातोषी ओसिहिरो , कोता यामादा र योसिको गिन्जाले लेखेका हुन । चलचित्रमा क्योजो नागात्सुका, केन्टा सुगा, रेना नोउनिन र साकी फुकुदाले अभिनय गरेका छन । यो चलचित्र आगामी २६ जनावरीमा जापानमा रिलिज हुने लागेको छ । ११० मिनेट लामो यस चलचित्रलाइ हात्सुइ मोतोमुरा, कात्सुमासा मोतोमुरा र सुजुबुरो कात्सुराले निर्माण गरेका हुन । चलचित्र सूर्यमूखी फुलको नेपालमा रिलिज मिति भने तय तय भइसकेको छैन् । तर खबरका अनुसार उक्त चलचित्र जापानमा प्रदर्शन भएपछि मात्र नेपालमा प्रदर्शन हुने बताइएको छ ।

%d bloggers like this: