Thu. Apr 25th, 2024

खबरका अनुसार अब चाडैं बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको बिबाह हुन सक्ने बताइएको छ । अब यि जोडी चाडैंं नै आफ्नै नयाँ घर बसाउने सुर कसेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । खबरका अनुसार केहि दिन अगाडी मात्र रणवीर सिंह बैंगलुरु पुगेका थिए । बैंगलुरुमा दीपिकाको परिवारसँग रणवीर भेट गरेका थिए र सगैं रणवीरले दीपिकाको हात मागेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । र दीपिकाको परिवारले पनि सहमती जनाएका बताइएको छ ।

2937_deepika-padukon

अब यि जोडी बिबाहको तयारीमा लाग्ने पुर्व अनुमान यति बेला बलिउडमा चल्न थालेको छ । यि जोडी न्यू इयरका लागी बैंगलुरु पुगेका थिए तर सोहि क्रममा रणवीरले दीपिकाको हात मागेको खबर सार्वजनिक भएको छ । तर अर्को खबर अनुसार यि जोडी न्यू इयर मनाउन मालदवि गएका थिए र सगैं दीपिकाको जन्मदिन पनि रणवीरले मालदविमै मनाएको खबर छ । त्यसपछि मात्र यि जोडी बैंगलुरु पुगेका थिए । यसरी गुपचुपमा भएका कुराहरु मिडियाहरुमा सर्वत्र भएपछि यति बेला यि जोडी निकै तनाबमा छन् । हाल दीपिका पादुकोण र रणवीर सिंह भारत आइसकेका छन् ।

%d bloggers like this: