Fri. Apr 26th, 2024

पुष २५ गते अर्थात हिजोबाट अलनेपाल रिलिज भएको चलचित्र आभाषले प्रदर्शनमा आएको दिन देखी आज शनिबार पनि देशभरका सम्पुर्णहलहरुमा हाउसफुल गरेको चलचित्रका निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । आज काठमाडौंका विभिन्न हलहरुमा निरिक्षण गर्दा आफुले सम्पुर्णहलहरु हाउसफुल रहेको जानकारी दिदैं निर्माता शाहीले काठमाडौं बाहिरका हलहरु पनि हाउसफुल रहेको बताए ।

सायद र होस्टेल जस्तो व्यबसायिक सफल चचित्रका कलाकार संयम पुरी,सलोन बस्नेत,प्रकृति श्रेष्ठ,निशा अधिकारी,आष्मा डिसी लगायतका कलाकरको मुख्य भुमिका रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

aavas movie (3)

युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको चलचित्र आभाषले हलमा पनि बढि मात्रामा युवाबर्गका दर्शकलाई नै भित्राउन सफल भएको छ । क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आभाष’ लाई युवा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ । खबरका अनुसार चलचित्र आभाषले अरु चलचित्रको तुलनामा पनि निकै राम्रो व्यापार गरिरहेको छ । तथास्तु र अलबिदासँग एकसाथ प्रदर्शनमा आएको चलचित्र आभाष नेपालका करिब ६५ वटाहलहरुमा प्रदर्शन भईरहेको छ ।

%d bloggers like this: