Fri. Apr 26th, 2024

करिब २ बर्ष अगाडी चितवनको माडीमा बोक्सीको आरोप लगाउदैं ज्यूदैं जलाइएकी महिला ठेकनी देवीको जीवनमा आधारित भएर निर्माण भएको चलचित्र रक्तभोगले केन्द्रिय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ ।सेन्सरका बोर्डका सदस्यहरुले चलचित्र रक्तभोग हेरेपछि चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएका हुन् । अब चलचित्रलाई सबै बर्गका दर्शकहरुले हेर्न पाउनेछन् ।

10927939_403605786464473_329620424_n

सेन्सरका सदस्यले चलचित्र रक्तभोग निकै मनपराएका चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले जानकारी दिए । हालसम्म नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरेको चलचित्र रक्तभोग यूनिटले नेपालका विभिन्न ठाँउहरुमा च्यारिटी शो सम्पन्न गरेपछि मात्र चलचित्रको अलनेपाल रिलिज गरिने निर्माता तिवारीले जानकारी दिएका छन् । चलचित्रमा नायिका सारिका घिमिरे ठेकनी देवीको भुमिकामा देखिएकी छिन् । विवी फुयालको निर्देशन रहेको चलचित्र रक्तभोगमा सारिकाको अलवा शैलेस पौडेल,कृष्णराज तिवारी,रचना पौडेल,रवि खनाल आदी कलाकारहरुको भुख्य भुमिका रहेको चलचित्रलार्य पवन गौतमले खिचेका हुन् ।

%d bloggers like this: