Thu. Apr 25th, 2024

 aalvida

पुष २५ गते अर्थात हिजोबाट देशभर प्रदर्शनमा आएको चलचित्र अलबिदाको अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् । धमकेदार एक्शन समावेश सार्वजनिक ट्रेलरले दर्शक हलसम्म तान्न सफल हुने निर्माणपक्षले जानकारी दिएको छ । हलहरुमा राम्रो दर्शक हुल्न सफल भईरहेको चलचित्र अलबिदामा आर्यनको एक्शनलाई दर्शकले निकै मनपराएका छन् । शुनिबार अलबिदा प्रदर्शनमा आएका सम्पुर्ण हलहरु हाउसफुल भएको चलचित्रका कलाकार एवं निर्माता हसन खानले बताएका छन् । काठमाडौं भित्र र बाहिर अलबिदा हेर्न दर्शकको चाप आजबाट अझै बढ्दै जानेृ निर्माता खानले बताएका छन् । चलचित्र ‘अलबिदा’मा आर्यन सिग्देल, हसन खान, अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका छ । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यो फिल्मको कथा निर्माता तथा अभिनेता हसन खानले नै लेखेका हुन् । चलचित्रमा अष्ट महर्जनको द्धन्दनिर्देशन, रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा तथा बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=2fSEY7zHxL8&feature=youtu.be

%d bloggers like this: