Thu. Mar 28th, 2024

आजबाट देशभर प्रदर्शनमा आएको चलचित्र आभाषले देशभर हाउसफुल दर्शक भित्राउन सफल भएको छ । दर्शकको प्रतिक्रियामा आभाष अरु चलचित्रको तुलनामा निकै राम्रो रहेको खबर प्राप्त भएको छ । काठमाडौंका हलहरु र काठमाडौं बाहिरका हलहरुमा दर्शकको भिड अरु चलचित्रका तुलनामा अत्याधिक रहेको हल सञ्चालकहरुले बताएका छन् ।

मनोरञ्जनसंसार डटकमसँग निकै उत्साहित हुदैं चलचित्रका निर्माता गोविन्द शाहीले चलचित्र आभाषमा दर्शकको भिड अत्याधिक रहेको जानकारी दिएका छन् । आज काठमाडौंका सबै हलहरुमा आफुले निरिक्षण गर्दा आभाष चलेका सबैहलहरु हाउसफुल रहेका छन् भने आफुलाई काठमाडौं भन्दा बाहिरका हल सञ्चालकहरुले दिएको जानकारी अनुसार उपत्यका बाहिर पनि आभाष प्रदर्शनमा आएका सबै हलहरु हाउसफुल रहेका निर्माता शाहीले बताए ।

aavas

आज मनोरञ्जनसंसार डटकमले गरेको काठमाडौंको हल रिपोर्टिङमा चाबहिलमा रहेको गोपिकृष्णहलमा आभाष हेर्न आएका एक दर्शकले आभाषले आफ्नै मनको कथा भनेको बताए । उनले भने -‘आभाष निकै राम्रो छ ।’ त्यहि क्रममा आभाष हेरेर फर्कदैं गरेका दर्शकले आभाषको कथा बस्तु देखी कलाकारहरुको अब्बल प्रस्तुतीका कारण आभाष निकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आभाष’ लाई युवा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ । चलचित्रमा सुनिल रावल, संयम पुरी, होष्टेलबाट परिचित कलाकार सलोन बस्नेत, आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।

%d bloggers like this: