Sat. Apr 20th, 2024

आजबाट देशभर प्रदर्शनका आएको चलचित्र आभाषले आज बिहानको शो सबै हलहरुमा हाउस फुल गरेको हल सञ्चालकहरुले बताएका छन् । दर्शकको अत्याधिक चाप भएका कारण प्रायहलहरुमा दर्शकहरु उभिएर समेत आभाष हेरेका छन् । काठमाडौंका सबै हलहरु समेत आभाषको शो हाउस फुल भएको छ । युवापुस्तालाई लक्षित गरेर निर्माण गरिएको चलचित्र आभाषलाई युवाबर्गका दर्शकले निकै रुचाएको पाइएको छ । दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएपछि मनोरञ्जनसंसार डटकमसँग कुराकानी गर्दै निर्माता गोविन्द शाहीले चलचित्र आभाषलाई दर्शकले निकै रुचाएका बताए ।

aavas

कथाबस्तु देखी चलचित्रमा अभिनय गर्ने कलाकारहरुको अब्बल प्रस्तुती रहेको समेत दर्शकले प्रतिक्रिया दिएका निर्माता शाहीले जानकारी दिएका छन् । क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आभाष’ लाई युवा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ । चलचित्रमा सुनिल रावल, संयम पुरी, होष्टेलबाट परिचित कलाकार सलोन बस्नेत, आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।

%d bloggers like this: