Fri. Apr 26th, 2024

pk

बलिउडस्टार आमिर खानले बलिउड बक्सअफिसमा एकपछि अर्को गदैं विभिन्न किर्तिमानीहरु बनाउदैं गएका छन् । त्यहि क्रममा यस भन्दा अघिल्लो बर्ष प्रदर्शनमा आएको चलचित्र धूम ३ ले पनि बलिउड बक्स अफिसमा नयाँ रेकर्ड बनाएको थियो । फेरी आमिर खान नै अभिनित चलचित्र पिकेले पनि बलिउड बक्स अफिसमा यति बेला अर्को नयाँ किर्तिमानी बनाएको छ । राजकुमार हिरानी निर्देशित फिल्म पीके बलिउडमा ३ सय करोड कमाउने पहिलो फिल्म बनेको छ। फिल्मले रिलिज भएको १७ दिनमा मात्र तीन सय ५ करोड कमाएको हो। तीन सय करोड क्लबमा सामेल भएपछि सिनेमाले बलिउडमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म पनि बनेको छ।

%d bloggers like this: