Thu. Mar 28th, 2024

अलिहेको बुहप्रतिक्षित फिल्मको रुपमा हरेको चलचित्र आभाष आजबाट देशभर प्रदर्शनमा लागेको छ । नेपालका करिब ६५ वटाहलहरुमा आजबाट आभाष प्रदर्शन सुरु भएको चलचित्रका निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । उनले भने -’अहिले सम्म मैले निर्माण गरेको चलचित्र भन्दा आभाष विल्कुलै फरक छ,त्यसैले चलचित्र आभाषले सबैको मनजित्नेमा आफु ढक्क रहेको पनि उनले खुलाएका छन् । उनले अगाडी भने -’म चलचित्र आभाष जसरी भएपनि हेरिदिन कर गर्दिन तर राम्रो चलचित्र भएका कारण एकपटक हेरिदिन आग्रह गर्छु निर्माता शाहीले भने ।’

aavas movie (3)

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आभाष’ लाई युवा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ । चलचित्रमा सुनिल रावल, संयम पुरी, होष्टेलबाट परिचित कलाकार सलोन बस्नेत, आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ लगायतले अभिनय गरेका छन् । चलचित्र आभाषलाई अन्तरराष्ट्रिय कलाकार समाजले विभिन्न ४० वटा भन्दा बढी देशमा देखाउने पक्का समेत भयइसकेको छ । दर्शकहरुको निकै लामो प्रतिक्षापछि आजबाट आभाष हेर्न पाएका छन् ।

%d bloggers like this: