Thu. Apr 25th, 2024

sanjay-100

जेलबाट १४ दिने छुट्टि पाएका बलिउड अभिनेता सञ्जय दत्त बिहिबाट जेल फर्किएका छन् । दत्तको पनि अभिनय रहेको फिल्म पीकेको प्रमोशनका लागि दत्त दुईहप्ता अघि दत्त जेलबाट छुट्टीमा घर आएका थिए। पीके युनिटले उनको सम्मानमा फिल्मको विशेष प्रदर्शन गरेको थियो। घरमा पुगेपछि उनले जेलमा बस्दा बनाएको सिक्स प्याक पनि सार्वजनिक गरेका थिए। १९९३ को मूम्बई बम विष्पोटका बेला अवैधानिक हतियार राखेको अभियोगमा ५ वर्षको जेल सजाय पाएका दत्तलाई पुनाको जरवदा जेलमा राख्ने गरिएको छ। अब उनी ३ बर्षमा जेल जीवन विताएर घर फर्किनेछन् । कुनै समय बलिउड चलचित्रमा एकलौटीराज गरेका सञ्जयको जीवनमा आधारित भएर चलचित्र समेत बन्ने लागेको छ । सञ्जयको भूमिकामा बलिउडस्टार रणवीर कपूर देखिदैंछन् भने सञ्जयको पिताको भुमिकामा आमिताभ बच्चन देखिने पक्का भएको छ । चलचित्रलाई पिकेका निर्देशक राजकुमार हिरानीले निर्देशन गर्नेछन् ।

%d bloggers like this: