Tue. Apr 16th, 2024

पूर्नजन्म चलचित्रसँग एकसाथ प्रदर्शन आरम्भ गर्न अर्को नयाँ चलचित्र ‘झिग्राना’ आएको छ । विहिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना चलचित्र चलचित्रको निर्माणपक्षले ‘झिग्राना’ फागुन २२ गते प्रदर्शनमा आउने औपचारिक घोषणा गरेको छ । साथैं चलचित्रको ट्रेलर र पोष्टर सार्वजनिक गरिएको छ । गोल्डेन याक इन्टरटेन्मेन्टले निर्माणमा तयार भएको चलचित्र ‘झिग्राना’ले नेपालको दुर्गम भेग झिग्रानासम्मको एक गैर सरकारी संस्थाका कर्मचारीको यात्रा र यात्रामा घट्ने विभिन्न रहस्यमय घटनालाई मुख्य केन्द्रविन्दु बनाएको छ । फिल्ममा हना गेस्चिव्स्की, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, दिवाकर पिया, बिना पाण्डे, शान्ती गिरी, अरुण रेग्मी लगायतका कलाकारको अभिनय छ ।

jhigrana-1

चलचित्र यूनिटले आफ्नो प्रचार प्रसारमा नयाँपन दिने भएको छ । फिल्मको मुख्य गीत नाचनलाई आफ्नो शैलीमा गाएर पठाउने एक दर्शकले १ लाख नगद पाउने बताइएको छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पार्श्र्वगायन रहेको छ । राहुल बाडवेल्करको ध्वनी रहेको फिल्म ‘झिग्राना’ मा प्रकाश चाँदवकरको कला निर्देशन छ । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक पासाङ लामाले चलचित्र आम दर्शकका लागी विषेश रहेको खुलाएका छन् । उनले चलचित्रलाई लेखेका पनि हुन् ।

%d bloggers like this: