Thu. Apr 25th, 2024

पुष २५ गते अर्थात आजबाट ३ वटा चलचित्रहरु एकसाथ प्रदर्शनमा आएका छन् । पछिल्लो समय सोलो रिलिजको मौका कमै चलचित्रले मात्र पाइरहेको अबस्थामा आजबाट भने ठुला भनिएका ३ चलचित्र प्रदर्शनमा आएका छन् । आभाष,तथास्तु र अलबिदा आजबाट अलनेपाल रिलिजमा आएका छन् । होस्टेल र सायद जस्तो व्यबसायिक सफल चलचित्रका कलाकार संयम पुरी,सलोन बस्नेत,आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ,सुनिल रावल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र आभाषलाई यति बेला विषेश चलचित्रको रुपमा हेरिएको छ । पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ । क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आभाष’ लाई युवा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रले नेपालमा करिब ६५ वटा हल पाएको छ,जुन अरु चलचित्रको तुलनामा अत्याधिक राम्रो हो । त्यस्तै सविर श्रेष्ठको निर्माण र निर्देशनमा तयार भएको तथास्तु पनि आजबाट नै देशभर प्रदर्शनमा आएको छ । चर्चित नायिका रेखा थापाको खतरनाक एक्शन भूमिका रहेका कारण तथास्तुलाई पनि विषेश नजरले नै हेरिएको छ । रेखाका अलवा चलचित्रमा किशोर खतिवडा,सुबास थापा,विज्ञान जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

3 movie

त्यस्तै आजबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो अलबिदा । हसन खानको निर्माणमा तयार भएको चलचित्र अलबिदामा आर्यन सिग्देल मुख्य भुमिकामा छन् । चलचित्रका जानकारहरुले बताए अनुसार तथास्तु र अलबिदा विच निकै ठुलो महायुद्ध हुने बताइएको छ । आभाष पुर्णतया लभस्टोरी कथामा आधारित भएका कारण तथास्तुमा रेखा र अलबिदाबाट आर्यन विच पर्दामा लडाई हुने बताइन्छ । आर्यनका अलवा चलचित्र अलबिदामा हसन खान,अनिता आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । आर्यन पहिलो पटक मुस्लिम समुदायको युवकको भुमिकामा देखिदैंछन् । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । ‘अलबिदा’ मा मुस्लिम र हिन्दू र्धममा विश्वास गर्ने युवा युवती बिचका प्रेमलाई मुख्य विषय बनाइएको निर्माण पक्षले जनाएको छ। यसरी आजबाट एकै मितिमा आजबाट ३ ठुला चलचित्र प्रदर्शनमा आएका छन् । अब यि चलचित्र मध्य कसले बाजी मार्ला त्यो भने आजबाट नै थाहा हुन्छ । तर यसरी एकै मितिमा यसरी राम्रो भनिएका चलचित्र जुध्नु भने राम्रो चै होइन,यसबाट न कलाकार,निर्देशक,निर्माता कसैलाई पनि फाइदा पुग्ने छाटकाट देखिदैंन ।

%d bloggers like this: