Thu. Apr 25th, 2024

युवापुस्तालाई लक्षित गरेर निर्माण भएको चलचित्र आभाष यति बेला युवा दर्शकको मात्र होइन सबै बर्गका दर्शकका लागी प्रतिक्षाको चलचित्र बनेको छ । पुष २५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र आभाष प्रदर्शनमा आउनु भन्दा अगाडी देखीनै विभिन्न कोणबाट सफल हदैं पनि आएको छ । एकै मितिमा दुई चलचित्र एकसाथ आभाषसँग प्रदर्शनमा आएपनि आभाषले देशभर गरि करिब ६५ वटाहलमा प्रदर्शन हुने सुनौलो मौका पाएको छ भने चलचित्रलाई अन्तरराष्ट्रिय कलाकार समाजले विभिन्न ४० वटा भन्दा बढी देशमा देखाउने पक्का समेत भएको छ । आज मनोरञ्जनसंसार डटकमसँग कुराकानी गर्दै चलचित्रका निर्माता गोविन्द शाहीले चलचित्र आभाष सबैपक्षबाट बलियो रहेको बताए । ‘आभाषमा सायद र होस्टेल जस्तो व्यबसायिक चलचित्रका कलाकार देखी कथाबस्तुले चलचित्रलाई निकै बलियो बनाएको छ’- निर्माता गोविन्द शाहीले बताए ।

gobinda sahi

उनले भने -‘अहिले सम्म मैले निर्माण गरेको चलचित्र भन्दा आभाष विल्कुलै फरक छ,त्यसैले चलचित्र आभाषले सबैको मनजित्नेमा आफु ढक्क रहेको पनि उनले खुलाएका छन् । उनले अगाडी भने -‘म चलचित्र आभाष जसरी भएपनि हेरिदिन कर गर्दिन तर राम्रो चलचित्र भएका कारण एकपटक हेरिदिन आग्रह गर्छु निर्माता शाहीले भने ।’ क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आभाष’ लाई युवा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ । चलचित्रमा सुनिल रावल, संयम पुरी, होष्टेलबाट परिचित कलाकार सलोन बस्नेत, आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।

%d bloggers like this: