Fri. Mar 29th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषको गायक कमल खत्रीको आवाजमा सजिएको स्याड सङ्ग रिलिज भएको छ । सार्वजनिक गीतमा गायक कमल खत्री आफैं नै देखिएका छन् भने चलचित्रका कलाकार सलोन बस्नेत,संयम पुरी,आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ लगायतका कलाकार पनि देखिएका छन् । निकै मर्मस्पर्शी यो जीवन नामक सार्वजनिक गीतले दर्शक,स्रोताको मन जित्ने निर्माणपक्षले विश्वास राखेको छ ।

aavas movie (6)

पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ । चलचित्रमा सुनिल रावल, संयम पुरी, होष्टेलबाट परिचित कलाकार सलोन बस्नेत, आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ लगायतले अभिनय गरेका छन् । क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आभाष’ लाई युवा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=L3utmYcrl4U

%d bloggers like this: