Fri. Mar 29th, 2024

पुष ११ गते देशभर प्रदर्शनमा आएको चलचित्र विधवाले खासै राम्रो कमाल देखाउन नसकेपछि यति बेला नायक दिलिप रायमाझी अरु चलचित्रको शिलशिलामा व्यस्त छन् । अहिले दिलिप रायमाझी आफ्नो पुरानो क्रेज फर्काउने क्रममा उनी हाल “अग्नि” नामक चलचित्रको छायांकनमा व्यस्त छन् । युवाहरु जिवनमा सकारात्मक कार्यमा कठोर सर्घष गरेर मात्र सफलता हात पर्दछ भन्ने कुरामालाई उठान गरेको चलचित्र “अग्नि”बाट भने दिलिपले राम्रो आश राखेका छन् । उनी भन्छन् -‘म “अग्नि” चलचित्रबाट विश्वस्त छु,किनकी चलचित्र “अग्नि”मा मलाई फेरी दर्शकले एउटा सशक्त भुमिकामा हेर्न पाउनेछन् ।’ दिलिपले अभिनय गरेको अर्को चलचित्र लोग्ने मान्छे माघ २३ गते देशभर प्रदर्शनको तयारीमा पनि छ । दिलिपले चलचित्र लोग्ने मान्छेलाई पनि एउटा आशलाग्दो चलचित्रका रुपमा हेरेका छन् ।

delip

तर दिलिपले चलचित्रको प्रचार प्रसारमा भने खासै वास्ता गरेका छैनन् । झापाको सुन्दर रमणिय स्थलहरुमा छायाँकन भईरहेको चलचित्र “अग्नि” मा दिलिप मुख्य भुमिकामा देखिएका छन् । निर्देशक उदय सुब्बाको निर्देशनमा थयार भईरहेको चलचित्रमा दिलिपका अलवा जीवन लिम्बु, उदय सुब्बा, रामकृष्ण न्यौपाने, सृजना सुब्बा, संजय न्यौपाने, देवकुमार चौधरी लगायतको कलाकारको अभिनय रहेको छ । जय श्री वुढासुब्बा फिल्सस प्रा.लि.द्धारा प्रस्तुत हुन लागेको “अग्नि” लाई दिलप्रकाश याक्खा ९टाईगर० ले निर्माण गर्ने भएका छन् । यस फिल्ममा कथा पनि निर्देशक सुब्बाकै छ । ज्ञानु सुब्बाको नृत्य, द्धन्द्धमा जनक सुब्बा, संगितमा बिकाश चौधरी, गायनमा बादल लिम्बु लगायत छन् ।

%d bloggers like this: