Sat. Apr 27th, 2024

jai

बलिउडका सुपरस्टार आमिर खान अभिनित चलचित्र पिकेले व्यबसायिक सफलता हात पारेपछि यति बेला आमिरको चर्चा व्यापक हुन थालेको छ । आमिर खानसँग बलिउड अभिनेत्रीहरु धेरै काम गर्न चाहान्छन् तर आमिर जो कोहिसँग फिल्म खेल्न भने चाहादैनन् । त्यहि क्रममा बलिउड नायिका ज्याकलिन फर्नान्डिज आमिर खानसँग रोमान्स गर्न तयार रहेको खुलाएकी छिन् । उनले मुम्बईमा सार्वजनिक कार्यक्रममै आफु आमिरसँग रोमान्स गर्न आतुर रहेको बताइन । सोमबार फेशन फोटोग्राफर डब्बु रतनानीको २०१५ को क्यालेन्डर लन्च गर्न पुगेका ज्याकलिनले यस्तो बताएकी हुन । उनले भनिन -‘म अब्बल अभिनेतासँग काम गर्न चाहन्छु,यसबाट मेरो करियरमा पनि मद्दत हुन्छ ।’ ‘त्यसैले आमिरको साथ काम गर्न आतुर छु ।’ ‘उनको फिल्म सधै दमदार बिषयमा हुन्छ । उनी एक असाधारण कलाकार हुन ।’

%d bloggers like this: