Thu. Apr 25th, 2024

bipasa basu

बहिनी अर्पिता खानको विवाहसँगै एक पटक फेरी सलमानको विहेको चर्चा सुरु भएको छ । सलमान रोमानियाकी लूलिया बन्तुरसँग अफेयरमा रहेको चर्चाकाबीच उनको विहेको गाइँगुइँ हल्ला चल्न थालेको हो । तर, ‘नो इन्ट्री’मा सलमानको को–एक्ट्रेसको भूमिका निभाएका बिपाशा बसु सलमानले विवाह गर्न नहुने बताउँछिन् । हरमन बावेजासँग ब्रेकअप पछि बिपाशा पनि अहिले सिंगल छिन् । उनी सलमानलाई बलिउडकै हटेष्ट अविवाहित स्टार मान्छिन् । जब बिपासासँग विवाहको बारेमा सोधियो, तर उनले लिस्ट माग्दै आफ्नो लागि योग्य बर चुन्ने बताईन् । त्यसपछि जब सलमान खानको नाम लिइयो, तब उनले भनिन्, ‘होइन, बिलकुल हुँदैन । सलमान सँधै अविवाहित रहनुपर्छ । उनी अविवाहित नै खुवसुरत छन् ।’

%d bloggers like this: