Thu. Mar 28th, 2024

विभिन्न बेला चलचित्रका निर्देशक देखी निर्माता,म्युजिक भिडियोका निर्देशक लगायतले मोडलहरुलाई यौन प्रस्ताब राखेको सुन्न पाइन्छ तर उक्त कुरा राम्रोसँग बाहिर नआउदाँ यौन प्रस्ताब गर्ने व्यक्तिहरुले उन्मुक्ति पाईरहेका छन् । त्यहि क्रममा चलचित्र ‘बिर्खेलाई चिन्छस्’ नेपाली रजतपटमा डेब्यू गरेकी नायिका आयुषा राईले भने आफ्नो फेसबुकबाट नै यौन प्रस्ताब कसले राख्यो भन्ने सार्वजनिक गरेकी छिन् । आयुषा राईले फेसबुक मार्फत नै भिडियो निर्देशक मुनाल शिशिर कोइरालाले आफूलाई यौन प्रस्ताव राखेको खुलासा गरेकी छिन् । मुनाल शिशिर कोइरालाले ३ महिनामा नेपालको टप नायिका बनाइदिन्छु भन्दै आफूसँग सबै कुरा गर्नु पर्छ भन्दै यौन प्रस्ताब गरेको फेसबुकमा लेखेकी छिन् । आयुषाले आफूलाई मुनालले विस्तारमा एकसाथ सुत्नु पर्ने अफर गरेको समेत लेखेकी छिन् । मुनालले आफूलाई म्यासेजमा मात्र नभएर प्रत्यक्ष भेट्दा नै यौन सम्पर्कको अफर गरेको भन्दै आयुषाले दिमाग नभएको मानिसलाई आफूले कुनै जवाफ नदिएको फेसबुकमा लेखेकी छिन् ।

model

स्टाटस सहित उनले कोइरालाले आफुसंग च्याटिङ गरेको म्यासेज पनि सार्वजनिक गरेकी छिन् । उनले यौन सम्पर्कको प्रस्तव राखेको अस्विकार गरेपनि च्याटमा देखिएको कुराले मुनालले आयुषालाई सेक्स अफर गरेको सजिलै बुझ्न सकिन्छ । यो पहिलो घटना भने पक्कै होइन यस्ता धेरै घटना छन् जस कारण अपराधिहरुले उन्मुक्ति पायइरहेका छन् । सत्यतथ्य घटना बाहिर नआउदाँ यस्ता हजारै यौन प्रस्ताबहरु आइरहेका छन् । एक जना नराम्रो बन्दा यति बेला सिग्गो चलचित्रक्षेत्रनै नराम्रो बन्दै गइरहेको छ । आयुषाले फेसबुकबाट भएपनि उक्त कुरा सार्वजनिक गर्नु निकै ठुलो साहासी काम भएको जानकारहरु बताउँछन् ।

Aayusha status

%d bloggers like this: