Sat. Apr 20th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र अलबिदालाई अब सबै बर्गका दर्शकले हेर्न पाउँने भएका छन् । मंगलबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि अलबिदालाई युनिभर्सल सर्टिफिकेट दिएका हुन् । चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएपछि उत्साहित हुदैं चलचित्रका निर्माता तथा कलाकार हसन खानले चलचित्र अलबिदालाई सेन्सरका सदस्यहरुले पनि निकै रुचाएको बताए ।

aalvida

चलचित्र ‘अलबिदा’मा आर्यन सिग्देल, हसन खान, अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका छ । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यो फिल्मको कथा निर्माता तथा अभिनेता हसन खानले नै लेखेका हुन् । चलचित्रमा अष्ट महर्जनको द्धन्दनिर्देशन, रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा तथा बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।

%d bloggers like this: