Sat. Apr 20th, 2024

करिब ५ बर्ष जति नेपाली सिनेनगरीबाट पलायन जस्तै बनिसकेका नायक निखिल उप्रेतीको पुन चलचित्रमा भएको आगमन सगैं हाल उनको व्यस्तता बढ्दै गएको छ । केहि दिन अगाडी मात्र आफुले निर्माण र निर्देशन गरेको चलचित्र भैरबको छायांकन सकाएका निखिलले सोहि क्रममा लुटेरा र लाली नामक चलचित्रमा पनि पक्का भईसकेका छन् । एकपछि अर्को गर्दै उनले विभिन्न चलचित्रमा मुख्य कलाकारको रुपमा पक्का भएसगैं अब निखिल चलचित्र ‘राजा’मा डन बन्ने भएका छन् । निखिल उप्रेती दुबईको डन बन्ने भएका हुन्। दिपक खाँडले निर्देशन गर्न लागेको चलचित्र ‘राजा’दुबईमा रहेका डनको कथा बोक्ने बताइएको छ ।

nikhil

चलचित्रमा निखिलसँगै जय किशन बस्नेत र जिके शर्मा पनि चलचित्रमा रहने छन् । यसअघि ‘आफन्तको माया’, ‘माया नगर’, ‘सलाम छ मायालाई’ निर्देशन र अभिनय गरिसकेका खाँडले ‘राजा’ निर्देशन गर्न लागेका हुन् । चलचित्रमा नायिकाको हुने भन्ने विषयमा भने चै पक्का नभईसकेको निर्देशक खाँडले बताए । सालिक सुवेदीको निर्माणमा निरञ्जन सिग्देल कार्यकारी निर्माताको रुपमा रहेको यस चलचित्रमा दिनेश अधिकारीको नृत्य, हिमाल केसीको एक्सन रहने छ । चलचित्रमा सह निर्माताको रुपमा अमर कुँवर र बोस्तान शर्मा छन् । फाल्गुण १५ देखी चलचित्रको छायांकन दुबईमा हुने बताईएको छ ।

%d bloggers like this: