Thu. Apr 25th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषले यति बेला काठमाडौंमा रहेका विभिन्न कलेजहरुमा आफ्नो प्रचार प्रचारलाई व्यापकता दिर्दै आएको छ ।

aavsa 4

केहि दिन अगाडी काठमाडौंका केहि कलेजहरुमा चलचित्रको प्रचार प्रसार गरेको चलचित्र यूनिटले आज विहान कुमारीपाटीमा रहेको (caspian valley collage) कलेजमा आफ्नो प्रचार प्रसार गरेको छ । युवापुस्तालाई लक्षित गरेर चलचित्र निर्माण गरेका कारण विषेशत कलेजहरुमा आफुहरुले प्रचार प्रसार सुरु गरेको चलचित्रका कलाकार एवं निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् ।aavas 2

आज कुमारीपाटीमा रहेको (caspian valley collage) कलेजमा चलचित्रकी नायिमा आष्मा डिसी,सलोन बस्नेत,सुनिल रावल,निर्देशक सुरेन्द्र पौडेल,निर्माता गोविन्द शाही लगायतको जम्बो यूनिटले चलचित्रको बारेमा उक्त कलेजमा पढ्ने विद्यार्थिहरुलाई जानकारी गराएका थिए भने आभाषको पोष्टर पनि वितरण गरिएको थियो । चलचित्रमा सुनिल रावल, संयम पुरी, होष्टेलबाट परिचित कलाकार सलोन बस्नेत, आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।

aavsa 1

यसअघि ‘कहाँ छौ कहाँ’, ’पराई’ ‘संसार आफ्नै’ लगायतका सफल चलचित्र निर्माण गरिसकेका निर्माता तथा नायक गोविन्द शाहीले ‘आभाष’ मा अतिथी कलाकारका रुपमा अभिनय गरेका छन् । क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘आभाष’ लाई युवा निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

aavsa 3

पवन श्रेष्ठ,गोविन्द शाही र दिपक शाहीको लगानीमा निर्माण भएको चलचित्र आभाषले प्रेममा हुने विछोड र आकर्षणलाई पर्दामा उतारेको छ ।

%d bloggers like this: