Sat. Oct 26th, 2024

collage_650_010615052007

बलिउडका चर्चित अभिनता तथा अहिले जेल जीवन विताईरहेका संजय दत्तको जीवनीमा आधारित सिनेमामा संजय दत्तको पिता सुनील दत्तको भूमिकामा अमिताभ वच्चन देखिने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक राजकुमार हिरानी तथा संजय दत्त स्वयम् पनि अमिताभलाई संजय दत्तको पिताको भूमिकामा खेलाउन उत्सुक देखिएका छन्। त्यसै गरी संजय दत्तको भूमिकामा रणवीर कपुर देखिने बताइएको छ । स्रोतका अनुसार दत्तले अमिताभलाई सो भुमिकाका लागि निर्विकल्प अभिनेता मानेका छन्। दत्तका अर्का निकट मित्रका अनुसार निर्देशक हिरानी पनि दत्तका पिताको भूमिकामा अमिताभ वच्चन बाहेक अरुले राम्रोसँग निभाउन नसक्ने विचार राखेका छन्।