Tue. Apr 23rd, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषको यति बेला व्यापक चर्चा परिचर्चा हुन थालेको छ । नयाँ पुस्ताका कलाकारहरुको बाहुल्यता रहेको चलचित्र आभाषले युवापुस्तालाई लक्षित गरेर चलचित्र निर्माण भएको निर्माता गोविन्द शाहीले बताएका छन् । विषेशत होस्टेल र सायद जस्तो व्यबसायिक चलचित्रका कलाकारहरुको चलचित्र आभाषमा बाहुल्यता रहेको छ । त्यहि क्रममा होस्टेल चलचित्रबाट आफुलाई युवापुस्ता माझ राम्रै परिचय बनाउन सफल सलोन बस्नेत पनि चलचित्र आभाषका एक आशालाग्दो अनुहार हुन् । उनले होस्टेलमा गरेको अभिनयका फ्यानहरुले आभाषलाई पनि अत्याधिक रुचाउने सलोन बताउँछन् । चलचित्र आभाषमा सलोन भाइरस नामक पात्रको भूमिकामा देखिदैंछन् । यसभन्दा अघि चलचित्र होस्टेलमा जंगे पात्रको भुमिकामा देखिएका सलोन आभाषमा भाइरस पात्रको भुमिका देखिन लागेका छन् । ‘म फेरी होस्टेल चलचित्रको जंगे पात्रबाट अब आभाषमा भाइसर नामक पात्रको भुमिकामा देखिन लागेको छु’-सलोनले भने-‘यस पात्रमा पनि मलाई दर्शकले अत्याधिक मनपराउनु हुन्छ ।’

salon

आभाषमा उनी युवती घुमाउने युवकको भूमिकामा छन् । प्रेममा हुने विछोड र आकर्षणलाई मुख्य केन्द्रविन्दु बनाएर निर्माण भएको चलचित्र आभाषलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा निशा अधिकारी,संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृति श्रेष्ठ, सुनिल रावल,गोविन्द शाही लगायतका कलाकारहरुको मुख्य अभिनय देख्न सकिन्छ । पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध,सुरेन्द्र पौडेलको चलचित्रमा सम्पादन रहेको छ । यस अघि सार्वजनिक गरिएको टिजर,संगीत,ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया पाएको आभाष यूनिटले पुष २५ गते दर्शकले चलचित्र आभाषलाई पनि रुचाउने निर्माण पक्षको आशा छ । चलचित्रमा गोविन्द शाही,पवन श्रेष्ठ र दिपक शाहीको लगानी रहेको छ ।

%d bloggers like this: