Fri. Apr 26th, 2024

dipika

हिजो मात्र २८ बर्ष पुरा गरेर २९ बर्षमा लागेकी चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण हाल अमिताभसँगै लागेर पोलियो र टिवी जस्ता भयानक रोगका लागि सामाजिक कार्यमा काम गर्दैछिन् । उनले यसबाट प्रभावित भएर अब उनी मानसिकको रोगीहरुलाई सहयोग गर्ने र अरुलाई पनि यसकार्यमा लाग्न अनुरोध गर्ने बताएकि छिन् । उनले आफ्नो ट्विीटमा भनेकि छिन्– ‘मानिस कुनै न कुनै व्यक्तिगत कहानी हुन्छ, जसले उनीहरुको व्यथा बताइरहेको हुन्छ ।’ यसलाई केवल डाक्टर उपचारभन्दा पनि मानविय सहयोगको खाँचो छ, त्यसैले म अब सन् २०१५ लाई यस कार्यमा लगाउँछु ।’ यसरी फिल्ममा मात्र नभएर सामाजिक कार्यमा पनि उतिक्कै सक्रियता देखाउँदै आएकी दीपिकाले यस्ता रोगहरुबाट बच्न आफैं सर्तक हुनु पर्ने विचार पनि राखेकी छिन् ।

%d bloggers like this: