Wed. Dec 6th, 2023

बलिउडमा पछिल्लो समय तिन खान अर्थात सलमान,शाहरुख र आमिर खानले सिक्स प्याक बनाएसगैं यति बेला बलिउड अभिनेताहरुमा पनि यसको नशा चड्न थालेको छ । त्यही होडमा संगितकार, गायक तथा अभिनेता हिमेश रेशमियाले पनि अब सिक्स प्याक बनाउने भएका छन् । हिमेशले आफ्नो आगामी सिनेमाका लागि ‘सिक्स प्याक एप्स’ निकाल्ने भएका हुन।

Himesh_expose_670_1399713534

पछिल्लो सिनेमा ‘द एक्सपोज’मा भिन्न स्वरूपमा देखिएर दर्शकहरुलाई आश्चर्यमा पारेका थिए। खबरका अनुसार हिमेशले आफ्नो फिटनेसलाई अत्याधिक ध्यान दिन लागेका छन। ‘द एक्सपोज’मा खिरिलो बनेर सबैलाई आश्चर्यमा पारेका उनी ‘सिक्स प्याक एप्स’का लागि जिममा कडा मिहिनेत गरिरहेका छन। उनी सिक्स प्याक एप्स सहित एक एक्सन सिनेमामा देखिनेछन। कुन चलचित्रमा हिमेशले सिक्स प्याक एप्स बनाउन लागेका हुन् त्यो भने खुलाइएको छैन ।

%d bloggers like this: