Fri. Mar 29th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र तथास्तुले केन्द्रिय जाँच समिति अर्थात सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । अब चलचित्रलाई सबै बर्गका दर्शकहरुले हेर्न पाउने छन् । सेन्सरबाट यूनिभर्सल सर्टिफिकेट पाएपछि मनोरञ्जन संसारडटकमसँग कुराकानी गर्दै चलचित्रकी नायिका रेखा थापाले चलचित्र तथास्तु हेरेपछि सेन्सरका सदस्यहरुले पनि चलचित्र तथास्तुको तारिफ गरेको बताइन । अझ चलचित्रका निर्देशक सविर श्रेष्ठलाई चलचित्र निकै राम्रो बनेको भन्दै शुभकामना समेत दिएको रेखाले बताएकी छिन् ।

kk

सविर श्रेष्ठको निर्देशनका तयार भएको चलचित्र तथास्तुमा रेखाका अलावा किशोर खतिवडा, सुवास थापा,विज्ञान जोशी लगायत कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रमा रोशन श्रेष्ठको द्धन्द्ध ,रामजी लामिछाने र कविराज गहतराजको नृत्य,बसन्त सापकोटाको संगीत रहने चलचित्र “तथास्तु’छायांकन बाबु श्रेष्ठ र स्क्रिप्ट जगदिश्वेर थापाको रहेको छ । तथास्तु’का निर्माता पनि स्वयम् निर्देशक श्रेष्ठ नै हुन् ।

%d bloggers like this: