Sat. Apr 27th, 2024

music-in

योगेश घिमिरे निर्माता,निर्देशक रहेको चलचित्र भूल भुलैयाको अफिसियल गीत रिलिज भएको छ । गीतको पुरा अंश सार्वजनिक नगरेपछि ‘माया गर्छौ थाहा छ मलाई’ बोलको गीतमा नायिका निता ढुंगाना, जीवन लुईँटेल र शोहित मानन्धर देखिएका छन् । गीतमा स्वप्निल बरालका शब्द, बसन्त सापकोटाको संगीत तथा रजिना रिमालको स्वर रहेको छ । चैत १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र भूल भुलैयामा निता ढुंगाना, जीवन लुईँटेल र शोहित मानन्धर लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रमा दिनेश कुमार पोखरेलको प्रस्तुती, सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहाल निर्माता रहेका छन् । चलचित्रमा निरज ढकाल कार्यकारी निर्माता रहेको छन् भने शिवम् अधिकारीले चलचित्रलाई लेखेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=6otHGCxurow

%d bloggers like this: