Fri. Apr 19th, 2024

पूर्वमिस नेपाल समेत रहेकी माल्भिका सुब्बाले निर्माण गरेको चलचित्र ‘हाउ फन्नी’ को छायांकन सकिएको छ । मङ्सिर २० बाट छायांकन सुरु भएको हाउ फन्नीको २५ दिनमा पुष २१ गते सकिएको छ । फिल्मको ३ वटा गीतको छायांकन बाकी राख्दै फिल्मको इण्ड क्ल्याप गरिएको निर्देशक निलु डोमा शेर्पाले बताइन । ‘हामीले मौसमको कारणले गर्दा ३ वटा गीत बाकी राख्दै सिनको छायांकन सक्दै इण्ड क्ल्याप गरेका निर्देशक निलुले जानकारी दिएकी छिन् । निलुको यो डेब्यु निर्देशन हो । चलचित्रको अन्तिम सट दयाहाङ राई , प्रियंका कार्की र केकी अधिकारीले दिएपछि चलचित्रको गीतबाहेका सम्पुर्ण छायांकन सकिएको हो ।  

how-funny-end-clap-4

फिल्ममा प्रियंका र केकीलाई जासुसको भूमिकामा देख्न सकिन्छ । फिल्ममा काम गर्दा निकै रमाइलो भएको प्रियंका र केकीले बताइन । फिल्मको छायांकन काठमाण्डौ र थानकोटमा गरिएको हो । फिल्ममा अनुप बिक्रम शाही , निशा अधिकारी र शिशिर राणाको पनि अभिनय रहेको छ । फिल्ममा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको निर्माण रहेको छ भने यसमा कथा र परिकल्पना निर्देशक निलु डोमाकै रहेको छ । हरि हुमागाईले खिचेको यस फिल्ममा लेखन शान बस्न्यातको रहेको छ ।

%d bloggers like this: