Fri. Apr 26th, 2024

पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषले पिजी सर्टिफिकेट प्राप्त गरेको छ । आज बिहान सेन्सरका सदस्यहरुले चलचित्र हेरेपछि आभाषलाई पिजी सर्टिफिकेट दिएका हुन । अब यो चलचित्र हेर्न १६ बर्ष मुनिका बालबालिकाले अभिभावक साथमा लानुपर्नेछ । चलचित्रले पिजी सर्टिफिकेट पाएपछि हामीसँग कुराकानी गर्दै कलाकार एवं निर्माता सुनिल रावल चलचित्र आभाष हेरेपछि सेन्सरका सदस्यहरुले आभाष निकै रुचाएको बताए । केहि दृश्यका कारण चलचित्रले पिजी सर्टिफिकेट पाएको जानकारी दिदैं रावलले चलचित्रले सेन्सरका सदस्यलाई समेत गहभरी बनाएको बताएका छन् ।

aavas

संयम पुरी,सलोन बस्नेत,आष्मा डिसी,निशा अधिकारी,प्रकृति श्रेष्ठ,सुनिल रावल,गोविन्द शाही लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा गोविन्द शाही , दीपक शाही र प्रवीन श्रेष्ठको लगानी रहेको छ । त्यस्तै चलचित्र सम्पादन विधामा सफल अनुभब लिइसकेका सुरेन्द्र पौडेललले चलचित्रलार्य निर्देशन गरेका हुन् । ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रालिको संयुक्त व्यानरमा निर्माण भएको यस चलचित्रमा चन्द्र पन्तको द्धन्द्ध र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

%d bloggers like this: