Tue. Apr 23rd, 2024

प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको चलचित्र झुम्कीको छायांकन अब यहि पुष २३ गते दाङबाट सुरु हुने भएको छ ।  दाङ जिल्लाकी एक थारु युवतीसँग प्रेम गर्ने प्रहरी कर्मचारीले जीवनमा भोगेका उतारचढाबलाई मुख्य केन्द्रविन्दू बनाएर निर्माण गर्न लागिएको चलचित्र झुम्कीमा दयाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, मलिना जोशी,भोला राज सापकोटा, प्रमोद अग्रहरी,बसन्त भट्ट,प्यासी देवकोटा लगायतका कलाकारहरुको मुख्य भुमिका रहने छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र यूनिटले चलचित्र झुम्कीको छायांकन पुष २३ गतेबाट सुरु हुने औपचारिक जानकारी गराएको थियो । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक अपिल विष्टले चलचित्र झुम्कीलाई आफुले राम्रो बनाउने प्रयास गर्ने बताएका छन् । उनले यसभन्दा अघि दासढुंगा र रितु नामक चलचित्र निर्माण गरिसकेका छन् । त्यस्तै कार्यक्रममा बोल्दै चलचित्रका मुख्य कलाकार दयाहाङ राईले चलचित्रका विषयमा अहिले नै बोल्नु भन्दा पनि चलचित्र निर्माण भएपछि दर्शकले नै मुल्याकन गर्ने बताए । उनले भने चलचित्रको कथाबस्तु राम्रो छ त्यसैले चलचित्र पनि राम्रो बन्ने दयाहाङले विस्वास व्यक्त गरेका छन् ।

jhumki

त्यस्तै रिश्मा गुरुङ र मलिना जोशीले आफुहरु चलचित्रमा थारु यूवतकिो महिलाको भुमिकामा देखिन लागेको बताएएका छन् । सोहि क्रममा चलचित्रका निर्माता बिजय बिराज विष्टले चलचित्र उत्कृष्ट बन्ने भन्दै उनले चलचित्र झुम्की पुरानो कथाभएपछि अहिले पनि उक्त कथा ताजा र नयाँ रहेको जानकारी गराए । कार्यक्रममा चलचित्रको जम्बो यूनिटनै उपस्थित भएको थियो । सरिता केसी कार्यकारी निर्माता रहने चलचित्र झुमकीमा सह निर्मातामा भने प्रदिप आचार्य र सुशिल अधिकारी रहेका छन् । चलचित्रमा रामबाबु गुरुङको कथा,पटकथा र संवाद,सोमनाथ गुरुङको मुख्य साहायक निर्देशन,अष्ट महर्जनको द्धन्द्ध,कालीप्रसाद बाँस्कोटाको संगीत रहने छ । अपिल बिष्ट प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र झुम्की दाङ जिल्ला आसपासमा छायांकन हुनेछ । चलचित्रलाई स्तरिय बनाउन आफूले ३ वटा सेड्यूलमा छायांकन गर्न लागेको अपिलले बताए ।

%d bloggers like this: