Wed. Apr 24th, 2024

बेला बेलामा एकै मितिमा धेरै चलचित्र प्रदर्शनमा आउँदा जति चर्चा हुन्छ चैत २७ गते प्रदर्शनमा आउन लागेका ४ ठुला फिल्मका बारेमा पनि यति बेला व्यापक चर्चा हुन थालेको छ । चैत २७ गते फूलै फूलको मौसम तिमीलाई,नाईँ नभन्नू ल ३, हवल्दार सुन्तली र सेतो बाघ एकसाथ प्रदर्शनमा आउन लागेका छन् । ठुला भनिएका यि चार ठुला चलचित्रको महायुद्ध नेपाली इतिहासमै पहिलो पटक हुन लागेको जानकारहरु बताउँछन् । केहि दिन अघिसम्म प्रदर्शनमा आउने पक्का नभएको दिनेश डिसीको निर्देशन र निर्माणमा तयार भएको चलचित्र फूलै फूलको मौसम तिमीलाई अब चैत २७ गते नै प्रदर्शनमा आउने भएको छ ।

fulai-fulmko-mausam-timilae1

यि ठुला चार चलचित्र एकसाथ प्रदर्शनमा आउँदा कुनै पनि चलचित्रका निर्माताहरु देखी कलाकारहरुलाई राम्रो हुने छाटकाट देखिएको छैन भने यि चलचित्रले प्रयाप्त मात्रमा हलपनि नपाउने बताइएको छ । तर चैत २७ गते प्रदर्शनमा आउने भनेर अहिले देखी नै चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ले आफ्नो प्रचार प्रसारलाई अगाडी बढाइसकेको छ । केहि दिन अगाडी मात्र छायांकन सकिएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को हाल पोष्ट प्रोडक्शनको काम भईरहेको छ । चलचित्रको पर्दामा जस्तै बास्तविक जीवनमा पनि प्रेम प्रेमिका रहेका नीता ढुंगाना र आमेश भण्डारी चलचित्रमा मुख्य भूमिका रहेका छन् । चलचित्रमा सुरेश अधिकारी र अमुल कार्कीको संगीत ,रामजी लामिछाने र नरेश बीर सिंहको नृत्य निर्देशन,पुरुषोत्तम प्रधानको छायांकन ,एनबी महर्जनको द्धन्द्ध रहेको छ ।

%d bloggers like this: