Fri. Apr 26th, 2024

karina and sahid

निकै समय पहिला बलिउड अभिनेता शाहिद कपूर र बलिउड अभिनेत्री करिना कपूर विचको प्रेम सम्बन्धका विषयमा प्राय सबैलाई थाहा छ । तर यि जोडीको प्रेम सम्बन्धले निरन्तरता पाउन भने सकेन अनि उनीहरु एकअर्काबाट टाढा भए । त्यसपछि करिनाले सैफ अलि खानसँग विहे गरिन्। लगभग त्यहाँबाट शाहिदसँग करिनाले न कुनै फिल्म खेलिन न करिनाले नै शाहिदसँग तर अब भने यि जोडी फेरी एकसाथ पर्दामा देखिने भएका छन् । प्राप्त खबर अनुसार करिना आफ्नो पूर्वप्रेमीसँग सिनेमा खेल्न तयार भएकी छन्। शाहिद र करिना अभिषेक चौबेले निर्देशन गर्ने सिनेमा ‘उडता पंजाब’मा सँगै देखिने भएका हुन्। यस सिनेमामा साशा पनि भएका कारणले करिना यो सिनेमा गर्न राजी भएकी हुन्। करिब चार वर्ष चलेको उनीहरुको प्रेमले सन २००७ मा पूर्णविराम लगाएको थियो। छुटिएपछिको उनीहरुको रिलिज भएको अन्तिम सिनेमा ‘जव वी मेट’ थियो।

%d bloggers like this: