Sat. Apr 27th, 2024

बलिउड फिल्म क्रिसको झल्को दिने चलचित्र भनेर आरोप लागेको नेपाली फिल्म रथ अब माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । १२ बर्षदेखि सहायक निर्देशकको रुपमा काम गरिरहेका कैलाश अधिकारीले निर्देशन गरेको चलचित्र रथले सबैको मनजित्ने निर्देशक अधिकारीले दाबी समेत गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र रथको टिजर पनि सार्वजनिक गरिएको छ । १२ बर्षसम्म सह निर्देशकको रुपमा आफुले काम गरेको र कस्ता चलचित्रलाई दर्शकले मनपराउछन् भन्ने आफुलाई राम्रोसँग थाहा भएको पनि निर्देशक अधिकारीले बताए ।

raith-3

त्यस्तै चलचित्रका कलाकार विशाल पोख्रेलले चलचित्रले अहिलेको नेपाली समाजको यथार्थ कथा बोकेको बताएका छन् । चलचित्रमा विशाल पोख्रेल, आरजु अधिकारी, विनय भट्ट, शर्मिला राई लगायतका कलाकारको अभिनय छ । चलचित्रमा श्याम लावत, राजु सिपाल, दीपेन्द्र धिताल, अजित राईको लगानी छ । गोपाल श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा यादव योगी र विपिन आचार्यको संगीत, सुरेश चौधरीको कथा रहेको छ । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय र चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले चलचित्र प्रति शुभकामना व्यक्त गरेका थिए ।

%d bloggers like this: