Fri. Apr 26th, 2024

शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र जिन्दगी रक्सको आज राजधानिमा प्रेस शोको आयोजना गरि चलचित्र देखाइएको छ । बाक्लो सञ्चारकर्मी,पत्रकारहरुको उपस्थिति रहेको प्रेस शोमा सबैले चलचित्रलाई निकै मनपराएका छन् । निर्देशक निकेश खड्काले प्रेस शो सकिएपछि हामीसँग कुराकानी गर्दै सबै कलाकार,पत्रकारहरुले चलचित्रलाई निकै मनपराएको बताए । युवाहरुको कथामा बनेको मनोरञ्जनात्मक चलचित्र भएकाले चलचित्रलाई यति बेला दर्शकले पनि निकै मनपराएको निर्देशक खड्काले जानकारी दिएका छन् । चलचित्रमा अभिनय गर्ने पात्र देखी चलचित्रको कथावस्तुले सबैको मन जितेको पनि निर्देशक खड्काले जानकारी दिए ।

zindagi-rocks

काठमाडौँ उपत्यकाका १७ वटा हल र काठमाडौँ उपत्यका बाहिर ४० वटा हलमा गरी कुल ५७ वटा हल पाएको जिन्दगी रक्सले प्रर्दशनको ३ दिन सम्म आइपुग्दा उत्साहजनक व्यापार गरिरहेको बताइएको छ । १०० भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका निकेश खड्काले निर्देशन गरेको पहिलो चलचित्र जिन्दगी रक्समा यूवायूवती र उनीहरुको रमाइलो यात्रालाई देखाउन खोजेको छ ।चलचित्रमा अकेशा बिष्ट, सौरमराज तुलाधर, ऋचा शर्मा, सोनम पाख्रिन, प्रकृती श्रेष्ठ, राजेन्द्र खड्गी, मकन राई, विनोद मैनाली, विक्की पुलामी, हर्कराज घलान लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सुजतासंगै वीरेन्द्र राज तुलाधरको लगानी रहेको छ । चलचित्रमा निरोज महर्जनको कथा, हरि हुमागाइँको छायांकन, निशान घिमिरेको सम्पादन छ । भी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र जिन्दगी रक्समा वीरेन्द्रराज तुलाधरको लगानी रहेको छ ।

%d bloggers like this: