Wed. Apr 24th, 2024

शनिबार साँझ भद्रकालीस्थित आर्मी अफिसर क्लबमा सम्पन्न ‘मिस नर्स–२०७१’ को ताज सोनिया आचार्यले हात पारेकी छिन् । ४४ प्रतिस्पर्धीलाई उछिन्दै सोनियाले ‘मिस नर्स’को ताज पहिरिन सफल भएकी हुन् । सोनियाले शिर्ष उपाधिसहित ‘ब्युटि वीथ ब्रेन’ पनि जित्न सफल भएकी छिन् । नेक्स्ट मोडल नेपालको आयोजनामा देशभरका नर्सिङ कलेज एवं अस्पतालमा अध्ययनरत तथा कार्यरत ४४ जना नर्स सुन्दरीले अन्तिम प्रतिस्पर्धीमा सहभागी जनाएका थिए । कार्यक्रममा आस्रा रजक फस्ट रनरअप र श्रीदेवी शर्मा सेकेन्ड रनरअप भएका थिए भने आस्राले ‘मोस्ट फोटोजेनिक’ र श्रीदेवीले ‘सोसल वर्कर’ को सबटाइटल पनि जित्न सफल भए ।

DSC_0392

त्यस्तै शिवानी मल्ल मोस्ट ब्युटिफूल, श्रेया गजुरेल बेस्ट स्माइल, अनिता गुरुङ बेस्ट क्याटवाक, सृष्टि मानन्धर बेस्ट पर्सनालिटी, कविता श्रेष्ठ डिस्प्लिन, कुसुम अधिकारी बेस्ट हेयर र भुमी श्रेष्ठले बेस्ट स्किनको उपाधि ज्तिन सफल भएका थिए । प्रतियोगितामा राधिका बोगटी पब्लिक च्वोइज, ममता थापा मोस्ट फ्रेन्डली, जानकी श्रेष्ठ मोस्ट पपुलर, आश्मीशा पाण्डे मोस्ट बडी र शर्मिला थापाले बेस्ट नर्सिङ डे«स उपाधि जित्न सफल भएका छन् । आयोजक संस्था नेक्स्ट मोडलका निर्देशक रवि धमलाले आफुले सोचेको भन्दा पनि भब्यरुपमा प्रतियोगिता सम्पन्न भएकोमा आफु अत्यन्तै खुसी भएको बताए ।

%d bloggers like this: