Sat. Apr 27th, 2024

चलचित्र ‘टाइगर द रियल हिरो’को प्रदर्शनको अन्तिम तयारी भईरहेको बेला चलचित्रको अन्तिम गीतको छायांकन हिजो शनिबार सकाएको छ । ‘मापसेले मार्‍यो’ नामक बोलको गीतमा मोडल सगुन शाही र नायिका शुभेच्क्षा थापाले हट नृत्य प्रस्तुत गरेका छन् । यस भन्दा अघि सगुनको ठाँउमा नायिका सुष्मा कार्कीले हट नृत्य प्रस्तुत गर्ने पक्का भएता पनि अन्तिममा आएर सुष्माले मोबाईल अफ गरेर बसेपछि उनको सट्टामा मोडल सगुन शाहीले उक्त गीतमा हट नृत्य प्रस्तुत गरेकी थिइन । शनिबार उक्त गीतको छायांकन हुने सुष्मालाई पनि थाहा थियो,सुष्मा साढे ११ बजे छायांकन स्थलमा आउने भएता पनि १२ बजेसम्म सुष्मा नआएपछि आफुले सुष्मालाई फोन गरेको चलचित्रका निर्देशक राजु गिरीले जानकारी दिए ।

sagun-sahi

१२ बजे फोन गर्दा सुष्माको फोन अफ रहेको थाहा भएपछि उनको सट्टामा सगुनलाई उक्त नृत्य गर्न लगाइएको निर्देशक गिरीले बताए । यो गीतमा सगुन र शुभेच्छालाई हट अबतारमा देखिएका छन् । माघ १६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘टाइगर द रियल हिरो’मा असोक फुयाल, शुभेच्छा थापा, शमिक्षा अर्याल, सुशान्त, प्रकास बिसी, सुरज रानाभाट आदीको मुख्य अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्को द्वन्द्व छ । मुकेश हुमागाइको छायांकन, रामजी लामिछानेको नृत्य रहेको यो एक्सनले भरिएको चलचित्र हो । चलचित्र शंकर गिरी र काजोल गिरीले निर्माण गरेका हुन् ।

%d bloggers like this: