Thu. Mar 28th, 2024

माघ १६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र सम्बोधनको दाङमा च्यारिटी शो सम्पन्न भएको छ । एचआइभी संक्रमित बालबालिकाको सहयोगार्थ स्थानिय दाङस्थित गणेश मन्दिरमा च्यारिटी शो सम्पन्न गरिएको थियो । च्यारिटी शोमा चलचित्र सम्बोधनका निर्माता सरोज न्यौपाने, निर्देशक विसी र नायिका नम्रता श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । होस्टेल र जेरी जस्तो व्यबसायिक सफल चलचित्र निर्देशन गरेका हेमराज बिसीले निर्देशन गरेको चलचित्र सम्बोधनको देशव्यापी प्रचारप्रसार अभियान दाङबाट शुरु भएको निर्देशक विसीले बताए ।

sambodhan

चलचिब सम्बोधन लाई सरोज न्यौपानेले निर्माण गरेका हुन् । भ्रष्टाचारको कथालाई उठान गरिएको यो चलचित्रमा दयाहाङ राई, नम्रता त्रिचन्द्र कलेजका स्ववियू सभापती समेत रहेका भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक बिसीले नै यो चलचित्र लेखेका हुन् । चलचित्रमा बिष्णु लामाको पनि लगानी रहेको छ । चलचित्र निर्माणकै क्रममा राम्रो प्रतिक्रिया आईरहेकाले चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

%d bloggers like this: