Thu. Apr 25th, 2024

बलिउडस्टार आमिर खान अभिनित चलचित्र ‘पिके’ यति बेला प्रदर्शनरत छ तर यस चलचित्र प्रदर्शनमा आउनु भन्दा अगाडी देखी नै चर्चामा थियो । पिकेको फष्टलुक पोष्टरमा आमिर खान नग्न भएको पोष्टर सार्वजनिक भएपछि चलचित्र पिकेले चर्चा र बिबाद कमाएको थियो । त्यहि क्रममा पिकेमाथि मुद्धा समेत अदालतमा दर्ता भयो तर चलचित्र प्रदर्शनमा भने रोक लागेन । १९ डिसेम्बरदेखि चलचित्र पिके प्रदर्शनमा पनि आयो तर सुरु सुरुमा खासै व्यापार गर्न नसक्दा चलचित्र कतै फ्ल्प त हुने होइन भन्ने तर्कहरुमा व्यापक रुपमा उठिरहेको थियो तर प्रदर्शनमा आएको ४ दिनमा नै चलचित्र पिकेले १०० करोड कमायो । तर ४ दिनमा १०० करोड कमाउने आमिरको कमै चलचित्र छन् किनकी उनले अभिनय गरेका प्राय चलचित्रहरुले २ देखी ३ दिन भित्रमा नै १०० करोडको व्यापार गर्थे ।

pk

त्यहि क्रममा चलचित्रलाई दर्शकले अत्याधिक रुचाउदैं गए त्यसपछि चलचित्र पिकेले २०० करोड पनि पार गर्न सफल भयो । तर पिकेले बलिउड बक्सअफिसमा नयाँ किर्तिमानी राख्छ भन्ने कसैले नसोचिरहेको अबस्थामा पिकेले अहिले बलिउड बक्सअफिसमा नयाँ किर्तिमानी बनाएको छ । चलचित्रले आज सम्ममा करिब २ सय ७८ करोड कमाई गरेको छ जुन आजसम्मको भारतमा बनेको सबै भन्दा धेरै कमाई गर्ने चलचित्र बनेको छ । यस भन्दा अघिको आमिर अभिनित चलचित्र धूम ३ ले २ सय ७१ करोड कमाई गरेको थियो । आमिर खान, सञ्जय दत्त, अनुश्का शर्मा लगायतका कलाकारहरु अभिनित चलचित्र पिकेलाई राजकुमार हिरानीले निर्देशन गरेका थिए । बजारमा आएको खबर अनुसार चलचित्र पिकेको सिक्वेल समेत बन्दैछ ।

%d bloggers like this: