Sat. Apr 20th, 2024

बलामी फिल्मस् इन्टरटेन्मेन्टको प्रस्तुती नयाँ नेपाली चलचित्र ‘द फेमस’को नयाँ गीत सार्वजनिक भउको छ । नयाँ बर्षको अबसर पारेर रिलिज गरिएको ‘मन पर्यो,गाजलु ती आँखा’मा दिपक लिम्बु र चन्दा केसीले स्वर दिएका छन । यस गीतको संगीत भने सन्तोष प्रगाढ र टंक बुढाथोकीले दिएका छन । यस गीतलाइ शंकर अधिकारी ‘घायल’ ले लेखेका हुन । यस चलचित्रमा अहिले सार्वजनिक गीतमा सुमन थापा, सविना कार्की र शुरभी जैन बिष्टले अभिनय गरेका छन । निर्देशक समिर बलामीले एउटा फिल्म बनाउन पुग्ने बजेट यी गीतहरूमा खर्च गरिएको बताए ।

SURAVI-JAIN-BISTA

करिब एक बर्ष अगाडी भद्रकालि मन्दिरमा भएको औपचारिक कार्यक्रम बाट छायाँकन शुरु भएको चलचित्र द फेमसले आफ्नो सम्पुर्ण छायांकन सकाएको छ । एउटा साधारण विद्यार्थीले नेपालको कला, संस्कृतिको जगेर्ना गर्दै समाजमा रहेका विद्यमानहरुलाई प्रस्तुत गर्दै विश्व सामु राष्ट्रलाई चिनाउन सक्छ भने मूख्य विषय रहेको यस चलचित्रमा फेमली ड्रामा, लभ केमेस्ट्रि, एक्शन, कमेडी सबै मसला रहेको निर्देशक बलामीले बताए । आफ्नो यो चलचित्र ड्रिम प्रोजेक्ट रहेको र धेरै बजेट र समय लगाएर राम्रो चलचि बनाएको समेत उनले बताए । चलचित्रमा प्रमोढ खड्का, सुमन थापा, सविना कार्की, सुरवि जेन विष्ट, सोनिया जि आर, रश्मि भट्ट, प्रनप सुवेदी, प्रभात बलामी, सुर्य दाहाल र सुरेश चौधरी लगायतको केन्द्रिय भुमिका रहेको छ । चलचित्रमा आरसिको द्वन्द्व, सुधिर श्रेष्ठ (सरकार) को नृत्य, सुरेश चौधरीको सम्पादन तथा मधुकर बलामीको एनिमेशन रहेको छ भने कथा र लेखन निर्देशक बलामीकै रहेको छ ।

 ‘द फेमस’को सार्वजनिक गीत हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=59NGkViB-zc 

%d bloggers like this: